बर्जिबाङमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगीता सम्पन्न - Pyuthan Online
फागुन ३ गते २०८२
ब्रेकिङ न्यूज
आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने

बर्जिबाङमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगीता सम्पन्न

प्युठान अनलाईन
प्युठान अनलाईन
माघ १६ गते २०८२

प्यूठान । बर्जिबाङमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । शुक्रबार छात्रवृती अक्ष्यकोष २०८१ वर्जिबाङको आयोजनामा ७५ औँ सहित दिवस तथा सोही संस्थाको प्रथम स्थापना दिवसको अवसरमा जेनजीले विद्रोहले देशमा पारेको प्रभाव अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगीता जनता मावि बर्जिबाङमा सम्पन्न भएको हो ।

कार्यक्रममा स्वर्गद्वारी नगरपालिकामा रहेका सुर्योदय मा.वि बेलबास , विद्यानन्द मा.वि जुडापाटा , बेलबास मा.वि तापा, अमर मा.वि भिगृ र जनता मा.वि बर्जिबाङ गरी पाँच वटा माविका विद्यार्थीहरु सहभागी भई प्रतियोगीतामा प्रतिस्पर्धा गरेका थिए । जसमा प्रथम विद्यानन्द मा.वि का विवेक केसी , दोस्रो जनता माविकी चन्द्रि घर्तिमगर र तेस्रो अमर मा.वि की सिम्रन शर्मा भएकी हुन । विजेता हुनेलाई क्रमश नगद एक हजार पाचँसय र प्रमाणपत्र , नगद एक हजार र प्रमाणपत्र र तेस्रो हुनेलाई नगद सात सय र प्रमाणपत्र प्रदान गरिएको हो ।

त्यस्तै सहभागीलाई नगद दिई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा जनता मावि बर्जिबाङमा गत साल एस.ईई मा प्रथम हुने छात्र र दोस्रो हुने छात्रालाई नगद सहित सम्मान , प्रथम स्वर्गद्वारी भिगृ प्युठान महोत्सव २०८२ को डान्स आईडलको दोस्रो स्थान हासिल गरेकी फनी घर्तिमगरलाई नगद सहित सम्मान , टेकान्डो प्रशिक्षिका रन्जिता भुषाललाई प्रमाणपत्र सहित सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको प्रमुख अथिती रहनुभएको स्वर्गद्वारी नगरपालिकाका नगर उपप्रमुख मिनराज रानाले देशको विभिन्न परिस्थिती र आन्दोलनबाट बलिदान गरेका वीरसहिद प्रति श्रदासुमन व्यक्त गर्दे संस्था खोली आयोजना गरेकोमा धन्यावाद व्यक्त गर्नु भएको थियो । खोलेको संस्थालाई निरन्तरता दिनुपर्ने र नगरपालिकाबाट हुने सहयोग गर्ने उप्रमुख रानाले बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा विशेष अथिती रहनु भएका स्वर्गद्वारी नगरपालिका ६ का वडा अध्यक्ष गिर बहादुर गुरुङले पनि सहिद प्रति श्रद्धाञ्जली दिदै देशमा होहल्लाको भन्दा पनि भिजन र उदेश्यमुखी तरिकाले अगाडी बढ्नु पर्ने बताउनु भएको थियो ।

सम्वन्धित समाचारहरु