बाल कल्याण प्राविको शैक्षिक सुधारमा स्थानीयको सहयोग ः सहयोगीलाई विद्यालयद्वारा प्रशंसापत्र सहित सम्मान - Pyuthan Online
माघ १० गते २०८२
ब्रेकिङ न्यूज
निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता प्रथम भिगृ महोत्सवमा भोली चर्चित राष्ट्रिय लोकगायक बद्रि पंगेनी आउने प्रथम भिगृ प्यूठान महोत्सवमा भोली प्रिति आले सहित ६ कलाकार आउने जेन –जी महोत्सव भोली शनिबार बालमन्दिरमा हुदै निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता प्रथम भिगृ महोत्सवमा भोली चर्चित राष्ट्रिय लोकगायक बद्रि पंगेनी आउने प्रथम भिगृ प्यूठान महोत्सवमा भोली प्रिति आले सहित ६ कलाकार आउने जेन –जी महोत्सव भोली शनिबार बालमन्दिरमा हुदै

बाल कल्याण प्राविको शैक्षिक सुधारमा स्थानीयको सहयोग ः सहयोगीलाई विद्यालयद्वारा प्रशंसापत्र सहित सम्मान

प्युठान अनलाईन
प्युठान अनलाईन
पौष ५ गते २०८२

प्यूठान । बाल कल्याण प्राविमा शैक्षिक सुधारको लागी स्थानीयले सहयोग गरेका छन । स्वर्गद्वारी नगरपालिका ५ सारीमा रहेको बाल कल्याण प्राथामिक विद्यालयको शैक्षिक सुधारका लागी गायखर्क निवासी समाज सेवी एवम् बुद्धीजीवी केस बहादुर घर्ति मगर र खिमा देवी घर्तिका छोरा हार्जन घर्ति मगर र बुहारी बिनीता घर्तिमगले शुभ विवाहको अवसरमा ५५ हजार पाँच सय पच्पन्न रुपैया सहयोग गर्नु भएको छ । त्यस्तै सोही विद्यालयमा बाल शिक्षा सहजकर्ता एवम् शिक्षिकाको रुपमा अध्यापनरत लोकी कुमारी केसीले ५७ हजार सात सय छैसठ्ठी हजार सहयोग गरेको विद्यालयले जनाएको छ ।

आर्थिक सहयोग गर्नुहुने सहयोगीदातालाई विद्यालयले शनिबार एक कार्यक्रमको विच धन्यावाद ज्ञापन र सम्मान सहित प्रशंसा प्रदान गरेको हो । कार्यक्रममा प्रमुख अथिती रहनु भएका वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले शिक्षा नै उज्यालो संसार जीवनलाई बनाउछ स्वरोजगार बताउदै सहयोगी प्रति धन्यावाद व्यक्त गर्नुभएको थियो । एक एक जोडे दुई हुन्छ , दुई दुई जोडे चार हुन्छ हिम्मत गरे समुद्र पार हुन्छ भने जस्तै वडाबासीहरु एकजुट हुदा शिक्षा, स्वास्थ्य , विकासका पुर्वधारहरुमा मुहार फेर्न सकिने र समाज सकरात्मक मार्गमा जाने वडा अध्यक्ष घर्तिले बताउनु भएको थियो । समाज एकता र विकासका कार्यहरुमा स्थानीयहरुको सहभागीता , सहयोग , सल्लाह सुझाव सहित छलफलमा सक्रिय हुदा आफु खुसी भएको र विकासका कार्यहरुमा अग्रसर भएर लाग्न हौसला मिलेको समेत कार्यक्रममा बताएका वडा अध्यक्ष घर्तिमगरले बताउनु भएको थियो । वडा अध्यक्ष घर्तिले बालबालिका देशको कोपिला भएकाले उमेर भएकालाई विद्यालयमा शिक्षा आर्जन गर्न पठाउन स्थानीलाई आग्रह गर्दै आर्थिक अवस्था कमजोरका कारण विद्यालय जान नसकिने अवस्था भएकालाई आफुलाई जानकारी गराउन आग्रह गर्दै उनीहरुलाई वडाले सहयोग गर्ने समेत धारणा व्यक्त गर्नुभएको एक स्थानीयले स्वर्गभुमीलाई बताएका छन ।

कार्यक्रममा विद्यालय परवार , समाजसेवी एवम् स्थानीयहरुको सहभागीता रहेको थियो ।

सम्वन्धित समाचारहरु