आज तराई–मधेशमा हुस्सु र कुहिरो कम भएपनी जाडो बढी - Pyuthan Online
असार २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

आज तराई–मधेशमा हुस्सु र कुहिरो कम भएपनी जाडो बढी

प्युठान अनलाईन
प्युठान अनलाईन
पौष ७ गते २०८२

काठमाण्डौ। तराई–मधेशमा हिजो अस्तिको तुलनामा आज हुस्सु र कुहिरो केही कम लागेको छ । तर चिसो भने उस्तै छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ । पश्चिमी वायुको प्रभावले केही दिनयता दिउँसोपख आकाशमा बादल लाग्ने गरेको छ

तर पानी पर्ने सम्भावना भने नरहेको मौसमविदले बताएका छन् । मौसमविदका अनुसार पश्चिमी वायुले तराई मधेशमा लागेको हुस्सु हटाउन केही मद्दत गरेको छ । तराई मधेशमा केही दिनयता दिनभरजसो नै हुस्सु र कुहिरो लागेर घाम लाग्न नपाउँदा जाडो बढेको छ । पुसको कठ्यांग्रिँदो जाडोले विपन्न नागरिकलाई बढी समस्या भएको छ । हुस्सु र कुहिरोले पारदर्शिता कम हुँदा धनगढी, नेपालगञ्ज, भैरहवा, विराटनगर, चन्द्रगढी, सिमरा लगायतका विमानस्थलमा हवाइ उडान समयमा हुन सकेको छैन ।।

सम्वन्धित समाचारहरु