रोल्पामा भेटिएको सकेट बम डिस्पोज
जेष्ठ ६ रोल्पा । रोल्पामा भेटिएको सकेट बम डिस्पोज गरिएको छ । जिल्लाको त्रिवेणि गाउँपालिका वडा नं. २ दहबनमा रहेको भगवति माध्यामिक विद्यालयको भवन बनाउनका लागि जग खन्ने क्रममा भेटिएको सकेट बम डिस्पोज गरिएको हो । सोमबार मध्यान्न १२ः४५ बजे जग खन्ने समयमा स्थानीयहरुले बम फेला पाए लगत्ते प्रहरी चौकी नुवागाउँमा खबर गरेका हुन ।