सुनको भाउ नौ सय रुपैयाँले घट्यो - Pyuthan Online
असार १५ गते २०८२

सुनको भाउ नौ सय रुपैयाँले घट्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

काठमाण्डौ – आज सुनको भाउ तोलामा नौ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति तोलामा एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर एक हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको एक हजार नौ सय ९५ रुपैयाँ थियो ।