ठूलाे आकारकाे बजेट नबनाउन सरकारलाई विज्ञहरूकाे सुझाव - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

ठूलाे आकारकाे बजेट नबनाउन सरकारलाई विज्ञहरूकाे सुझाव

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १५ गते २०८१

काठमाण्डाै – आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि अर्थ मन्त्रालयले बजेटको तयारी तीव्र पारिरहेका बेला विज्ञहरूले ठूलो आकारको बजेट नबनाउन सुझाव दिएका छन् । राजश्व बढ्न नसकेको र वैदेशिक स्रोतमा पनि कमी आइरहेको अवस्थामा संयमतापूर्वक बजेट ल्याउन विज्ञहरूले सरकारलाई सुझाएका हुन् ।

अर्थविद् डा. पोषराज पाण्डेले सरकारले पहिला प्रशासनिक क्षमता वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । पूर्वमुख्यसचिव डा. विमल कोइरालाले आर्थिक विस्तार नभएसम्म देशको विकास नहुने बताउनुभयो । बजारमा माग बढ्न नसकेको, कर्जाको विस्तार पनि हुन नसकेको उहाँको भनाइ छ ।

कोइरालाका अनुसार देश ‘ग्रे लिस्ट’ मा पर्दा लगानीकर्तामा संशयको स्थिति छ । पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटाले योजना आयोगले दिएको १९ खर्ब रुपैयाँ हाराहारीको सिलिङमा रहेर बजेट ल्याउन उपयुक्त हुने बताउनुभयो ।

पूर्वसचिव विद्याधर मल्लिकले सबै सुविधा उद्योगपतिलाई दिएको अहिलेको अवस्था सुधार हुन आवश्यक रहेको बताउनुभयो । उहाँले नागरिकलाई केन्द्रविन्दुमा राखेर सहुलितपूर्ण बजेट ल्याइनुपर्नेमा जोड दिनुभयो ।

पूर्वअर्थसचिव मधुकुमार मरासिनीले तल्लो तहमा जाने सशर्त अनुदान पठाउन अब आवश्यक नरहेको बताउनुभयो ।