आज सुनको भाउ एक हजार रुपैयाँले घट्यो - Pyuthan Online
असार १५ गते २०८२

आज सुनको भाउ एक हजार रुपैयाँले घट्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ७ गते २०८१

८ चैत । आज सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति तोलामा एक लाख ७६ हजार रुपैयाँ पुगेर कीर्तिमान बनाएको सुनको भाउ हिजो भने स्थिर रहेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँले घटेर एक हजार नौ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३० रुपैयाँ कायम भएको थियो ।