आज सुनको मूल्य तोलामा ११ हजार ६ सय रुपैया घट्यो - Pyuthan Online
असाेज २६ गते २०८३
ब्रेकिङ न्यूज
तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

आज सुनको मूल्य तोलामा ११ हजार ६ सय रुपैया घट्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक ९ गते २०८२

प्यूठान अनलाई न्यूज डेक्स। तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६ सय रूपैयाँले कारोबार भइरहेको छ। हार बिदा अघि कात्तिक तीन गते सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय रूपैयाँ तोकिएको थियो। आइतबार भने सुन प्रतितेला दुई लाख ४१ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको हो। अघिल्लो मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको थियो। मूल्यले लगातार रेकर्ड बनाइरहँदा मंगलबार भने ६ प्रतिशतभन्दा बढीले सुनको भाउ घटेको थियो।

मंगलबार सुनको मूल्य प्रतिऔंस ४,०८२ डलरमा झरेको ‘द फाइनान्सियल टाइम्स’ ले लेखेको छ। यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबभन्दा ठूलो गिरावट हो।गत शक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४१ सय १३ डलरमा कारोबार भइरहेको थियो। शनिबार र आइतबार भने अन्तर्राष्ट्रिय बजार बन्द रहन्छन्। आइतबार चाँदी भने तोलामा दुई सय ६५ रूपैयाँले घटेर तीन हजार १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले उल्लेख गरेको छ।

कात्तिक तीन गते चाँदी तोलामा तीन हजार दुई सय ८० रूपैयाँमा कारोबार भइरहेको थियो।