आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा गिरावट - Pyuthan Online
असार १५ गते २०८२

आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा गिरावट

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ७ गते २०८१

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ७.६६ अंकले घटेर २ हजार ६९७.०४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४५२.८९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा आज कारोबारमा गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब ४० करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।