आज सुन भाउ तोलाको दुई लाख ६१ हजार ७०० रुपैयाँ पुग्यो - Pyuthan Online
वैशाख ७ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

आज सुन भाउ तोलाको दुई लाख ६१ हजार ७०० रुपैयाँ पुग्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
पौष ७ गते २०८२

काठमाण्डौ – सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा तीन हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ६१ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ५८ हजार तीन सय रुपैयाँ थियो । यसअघि मङ्सिर २९ गते सुनको भाउ २ लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज एकैदिन एक सय ३० रुपैयाँले बढेर तोलाको चार हजार दुई सय ३५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको चार हजार एक सय पाँच रुपैयाँ थियो ।

सम्वन्धित समाचारहरु