एनआरएनएभित्र राजनीति परराष्ट्रमन्त्री राणाको आग्रह - Pyuthan Online
श्रावण १५ गते २०८२
ब्रेकिङ न्यूज
हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’ प्रचण्डको जनार्दन लक्षित टिप्पणी स् केहि साथीहरु मसँग सिँगौरी खेल्दैछन् हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’ प्रचण्डको जनार्दन लक्षित टिप्पणी स् केहि साथीहरु मसँग सिँगौरी खेल्दैछन्

एनआरएनएभित्र राजनीति परराष्ट्रमन्त्री राणाको आग्रह

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २० गते २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छन् । शनिवार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । 

परराष्ट्रमन्त्री राणाले राजनीति गर्ने ठाउँ फरक रहेको भन्दै एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको उल्लेख गरिन् । उनले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताइन् । राजनीति गर्नेलाई समृद्धि कसरी ल्याउन सकिन्छ ? भन्नेकुरा राम्रोसँग जानकारी नहुने भन्दै उनले विदेशमा देखेका र भोगेका कुरालाई नेपालमा आएर परिणाम दिन सकिने बताइन् । 

‘यहाँ आएर राजनीति नगरिदिनुस् । यहाँ आएर देशलाई समृद्ध बनाउन तपाईंहरुले सहयोग गरिदिनुस् । हामी राजनीति गर्नेलाई त्यत्ति धेरै समृद्धि कसरी गर्ने भनेर थाहा छैन ।’ उनले भनिन्, ‘तपाईंहरु त कहीँ लेभर गरेर पनि गर्नुभएको छ । एउटै जेनेरेशनभित्र तपाईंहरुले कति ठूलो फड्को मारेर आफ्नो सन्तान, समाज, गाउँ, समुदायलाई अगाडि बढाउनुभएको छ ।’

परराष्ट्रमन्त्री डा. राणाले गैरआवासीय नेपालीहरु आफ्नो परिवार, समाज, गाउँ र समुदाय विकास गर्ने महत्वपूर्ण माध्यम रहेको उल्लेख गरिन् ।

सम्वन्धित समाचारहरु