रोल्पामा रुखको मुढा लागेर एक महिलाको मृत्यु - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

रोल्पामा रुखको मुढा लागेर एक महिलाको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ २१ गते २०८२

रोल्पा । रोल्पामा रुखको मुढा लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको लुङ्ग्री गाउँपालिका–६ कालिमाटी सामुदायिक वनमा रुख काट्ने क्रममा मुढा पल्टिएर लाग्दा महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका वडा नम्बर–६ उपल्लो गुम्चालकी २६ वर्षीया प्रतिक्षा बुढाथोकी प्रहरीले जनाएको छ । उक्त वडाको निल बहादुर बिष्टल उत्तिसको रुख ढाली मुढा काट्ने क्रममा मुढा पल्टिँदा बुढाथोकीलाई लागेर घटनास्थलमै मृत्यु भएको हो ।

मुढा काट्ने काम गरिरहेका निल बहादुर बिष्टलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।