विद्यालय शिक्षा विधेयकमाथि तीव्र छलफल : छविलाल विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन - Pyuthan Online
चैत्र २९ गते २०८२
ब्रेकिङ न्यूज
प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो रोल्पामा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ अमेरिकामा पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो रोल्पामा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ अमेरिकामा पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च

विद्यालय शिक्षा विधेयकमाथि तीव्र छलफल : छविलाल विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १० गते २०८१

प्यूठान अनलाईन न्युज डेक्स । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्न उपसमिति गठन गरेको छ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो। समितिका सभापति अम्मरबहादुर थापाका अनुसार उपसमितिलाई विधेयकका विवादित विषय टुंग्याएर छिटोभन्दा छिटो प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

“सबै दलको प्रतिनिधित्व रहेको सानो टिमले विधेयकका विवादित बुँदामा सहमति जुटाउने गरी छलफल अघि बढाउनेछ,” सभापति थापाले भने। उपसमितिलाई समितिका अन्य सदस्य, विज्ञ तथा सरोकारवालासँग परामर्श गरेर प्रतिवेदन तयार पार्ने निर्देशन दिइएको छ।

उपसमितिमा संयोजक विश्वकर्मासँगै सांसदहरू डिगबहादुर लिम्बू, देवेन्द्र पौडेल, महेन्द्रकुमार राय, रामप्रकाश चौधरी, रेखा शर्मा, विना जैसवाल, विनिताकुमारी सिंह र सरिता भुसाल सदस्य रहेका छन्। उपसमितिले कार्य प्रारम्भ गरेपछि थप एक सदस्य मनोनयन गरिने जनाइएको छ।

समितिले उपसमितिलाई ३५ दिनभित्र प्रतिवेदन पेश गर्न समय सीमा तोकेको छ। विद्यालय शिक्षा विधेयक लामो समयदेखि विवादमा रहेकाले यसलाई टुंग्याउन उपसमितिले प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ।

सम्वन्धित समाचारहरु