जन्मदिनमा दलित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

जन्मदिनमा दलित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सन्तोष सुनार
सन्तोष सुनार
असार १२ गते २०८२

प्यूठान । जिल्लाको माण्डवी गाउपालिका वडा नं. १ तिरामका वडा अध्यक्ष बाम बहादुर बुढाले आफ्नो जन्मदिनको अवसरमा गणेश मा.वि तिराममा अध्ययन गर्ने २० जना दलित विद्यार्थीहरुलाई शैक्षिक वितरण गरि मनाउनु भएको छ । जन्म दिनको अवसरलाई केही फरक र रचनात्मक क्रियाकलापका साथ मनाउँदै आएको स्मरण गर्दै यो बर्ष विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको वडा अध्यक्ष बाम बहादुर बुढाले बताउनुभयो ।

फजुल खर्च गर्नुभन्दा यस्तै सामाजिक काममा गरिएको लगानी सार्थक र उपलब्धिमूलक बन्ने भएकाले केक काटेर रमाउने विदेशी विकृतिविसङ्गतिलाइ न्युन गराउन सक्ने समेत अध्यक्ष बुढाले बताउनुभयो । वितरण गरिएका शैक्षिक सामाग्रीहरुमा कपी ,कलम लगायतका सामाग्रीहरु रहेका छन ।

अध्यक्ष ३५ औ बसन्त पार गरी ३६ औ बसन्तमा प्रवेश गर्नुभएको छ ।

सम्वन्धित समाचारहरु