समाज परिवर्तनको पहिलो आधार शिक्षा हो ः नगर प्रवक्ता श्रेष्ठ - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाज परिवर्तनको पहिलो आधार शिक्षा हो ः नगर प्रवक्ता श्रेष्ठ

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १६ गते २०८२

प्यूठान । समाज परिवर्तन र समृद्धिको पहिलो तथा प्रमुख आधार शिक्षा भएको प्यूठान नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले बताउनु भएको छ । एस.ईई परिक्षालाई केन्द्रित गरि प्यूठान नगरपालिका भित्र रहेका विद्यालयहरुमा अबलोकन मार्फत विद्यालय परिवारसँगशैक्षिक अवस्थाका बारे जानकारी लिदै बिद्यार्थीहरुसँग साक्षात्कार कार्यक्रममा श्रेष्ठले यस्तो बताउनु भएको हो ।

व्यावहारिक र गुणस्तरीय शिक्षामा जोड दिन नगरपालिका अनुसन्धान मुलक लागेको समेत नगर प्रवक्ता श्रेष्ठले बताउनु भयो । विद्यालयमा अध्ययनरत विद्यालर्थीहरुको मनोभावना बुझ्दा एस .ईई मा नजिता पनि राम्रो आउने देखेको समेत श्रेष्ठले प्यूठान अनलाईनलाई जानकारी गराउनुभयो । शिक्षा क्षेत्रमा लगानी वृद्धि गरी विद्यालय तहदेखि नै सुधार र विकासका कामहरू गर्ने श्रेष्ठले बताउनुभयो । नगरपालिका भित्र रहेका दलित र जनजाति अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई छात्रावृत्ति उपलब्ध गराउने कार्यक्रम लिएको आर्थिक संयोजक समेत रहनु भएको श्रेष्ठले बताउनु भयो ।

प्यूठान नगरपालिकाले आमाबुबा नभएका बालबालिकाहरुलाई कक्षा १ देखी १२ सम्म निशुल्क रुपमा अध्ययनको व्यवस्था मुक्ति मावि रातामाटामा गरेको छ ।

सम्वन्धित समाचारहरु