दारी ग्याङ प्युठानद्वारा सरस्वती आधारभुत विद्यालयका ५० जना विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री हस्तान्तरण - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

दारी ग्याङ प्युठानद्वारा सरस्वती आधारभुत विद्यालयका ५० जना विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री हस्तान्तरण

सन्तोष सुनार
सन्तोष सुनार
श्रावण ६ गते २०८२

प्यूठान । दारी ग्याङ प्युठानले सरस्वती आधारभुत विद्यालयका ५० जना विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । मंगलबार दारी ग्याङ प्युठानको आयोजनामा एक कार्यक्रमका विच मल्लरानी गाउपालिका ३ बन्चरेमा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत ५० जना विपन्न विद्यार्थीहरुलाई झोला सहित शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको अध्यक्ष जीवन खनालले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । शिक्षा भनेको जीवनमा चेतनाको विकास भएको बताउदै सभ्य समाजको निर्माण र सबल बनाउन शिक्षा आवश्यक भएकाले केही सहयोग मिलोस भन्ने उदेश्यले उक्त विद्यालयमा अध्ययन गर्ने बालविकास देखी कक्षा ५ सम्मका विपन्न विद्यार्थीहरुलाई झोला सहित शैक्षिक सामाग्री वितरण गरिएको अध्यक्ष खनालले बताउनुभयो ।

वितरण सामाग्रीहरुमा झोला , कापी , कलम , पेन्सिल र माक्स समेत रहेका छन । विद्यार्थीहरुले शैक्षिक सामाग्रीहरु पाउदा अनुहारमा मुस्कान सहित खुसी भएका थिए । उक्त विद्यालय परिवारले दारी ग्याङ प्युठानलाई विशेष धन्यावाद सहित आभार प्रकट गरेका थिए । कार्यक्रमको प्रमुख अथिति रहनुभएका दारी ग्याङ लुम्बिनी प्रदेश संयोजक असल सुवेदीले बालबालिका भनेको भविष्यको कर्णधार भएकाले दुखी , गरिव तथा विपन्न वर्गहरुलाई सहयोग गर्नु मानिसको कर्तव्य भएको बताउदै समाज परिवर्तन र एकता हुनु जरुरी भएको बताउनुभएको थियो ।

कार्यक्रममा सुर्य किरण केसि साथै आशाका किरणका भालुवाङको वरिष्ठ उपाध्यक्ष दिबस आचार्य, उपाध्यक्ष श्रीधर जि सि, दारी लुम्बिनी प्रदेशका सह–संयोजक टार्जन भण्डारी, दारी ग्याङ दाङ र प्युठानका सदस्यहरु पदम खनाल, बिक्रम घर्ती मगर, आशिष श्रेष्ठ, गगन बिसि, आदित्य कशौधन, रोशन पौडेल, रियान शाहको उपस्थिती रहेको थियो भने र सहजीकरण आशा श्रेष्ठ गर्नुभएको थियो ।

सम्वन्धित समाचारहरु