चैत्र १९ गते २०८१
ब्रेकिङ न्यूज
दुर्गा प्रसाईं विरुद्ध साइबर ब्यूरोमा उजुरी रवीन्द्र मिश्र, धवलशमशेर राणा र स्वागत नेपालसहित केही पक्राउ, दुर्गा प्रसाईं फरार काठमाण्डौ तीनकुने घटना : पत्रकारसहित दुई जनाको ज्यान गयो, १४ ठाउँमा आगजनी सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक जनाको जिप्रकामा मृत्यु विद्यार्थीको परीक्षा सकिएपछि मात्रै प्रदर्शनको तयारी दुर्गा प्रसाईं विरुद्ध साइबर ब्यूरोमा उजुरी रवीन्द्र मिश्र, धवलशमशेर राणा र स्वागत नेपालसहित केही पक्राउ, दुर्गा प्रसाईं फरार काठमाण्डौ तीनकुने घटना : पत्रकारसहित दुई जनाको ज्यान गयो, १४ ठाउँमा आगजनी सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक जनाको जिप्रकामा मृत्यु विद्यार्थीको परीक्षा सकिएपछि मात्रै प्रदर्शनको तयारी

दक्षिण कोरियामा डढेलाे : ज्यान गुमाउनेकाे सङ्ख्या २७ पुग्याे

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १४ गते २०८१

दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रको जङ्गलमा लागिरहेको डढेलो परी ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा २७ पुगेको छ । डढेलोमा परी ३२ जना घाइते भएका दक्षिण कोरियाको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो ६० र ७० वर्ष उमेर समूहका छन् । डढेलोका कारण हजारौं मानिस विस्थापित भएका छन् । एक हजार तीन सय वर्ष पुरानो बौद्ध मन्दिरसहित कैयौं प्राचीन स्थल आगोले जलेर नष्ट भएका बीबीसीको खबरमा उल्लेख छ ।

दक्षिण कोरियाको इतिहासमै भयानक डढेलोका कारण एक हप्तामा ३५ हजार हेक्टरभन्दा धेरै क्षेत्रमा क्षति पुगेको छ ।

तीव्र गतिको हावा र सुक्खा जमिनका कारण डढेलो फैलिरहेको अधिकारीहरूले बताएका छन् । हिजो डढेलो निभाउने क्रममा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

सम्वन्धित समाचारहरु

हाम्रो बारेमा

द्रुत लिङ्कहरू

कम्पनी

सम्पर्क

© 2025 सर्वाधिकार सुरक्षित।