रुसद्वारा युक्रेनमा ५९८ ड्रोन र ३१ क्षेप्यास्त्र प्रहार ४ बालबालिकासहित २१ जनाको मृत्यु - Pyuthan Online
मंसिर २४ गते २०८२
ब्रेकिङ न्यूज
नेकपाको प्यूठानमा एकता सन्देश सभा भोली ः सम्बोधनमा गौतम, भुषाल , खनाल र शर्मा आउदै सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय नेकपाको प्यूठानमा एकता सन्देश सभा भोली ः सम्बोधनमा गौतम, भुषाल , खनाल र शर्मा आउदै सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय

रुसद्वारा युक्रेनमा ५९८ ड्रोन र ३१ क्षेप्यास्त्र प्रहार ४ बालबालिकासहित २१ जनाको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र १३ गते २०८२


काठमाडौँ । रुसले युक्रेनमा ५९८ ड्रोन र ३१ क्षेप्यास्त्र प्रहार गरेको छ । यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ । यसबाहेक आक्रमणमा ४५ जना घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अलास्कामा भएको भेटघाटको १३ दिनपछि यो भिषण आक्रमण भएको हो ।आक्रमण बारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले शान्तिको सट्टा क्षेप्यास्त्र रोजिरहेको बताएका छन् । रुसी आक्रमणमा ब्रिटिश काउन्सिलको कार्यालय क्षतिग्रस्त भएको छ ।

बेलायती सरकारी सम्पत्ति रुसी आक्रमणमा परेको यो पहिलो पटक हो । त्यस्तै आक्रमणमा युरोपेली संघका मिसन भवनहरूमा क्षति पुगेको छ । यो आक्रमणपछि बेलायत र युरोपेली संघले रुसलाई चेतावनी दिएका छन्, ह्वाइटहाउसले वार्ता जारी रहने बताएको छ । आक्रमणमा किभ कार्यालयहरू क्षतिग्रस्त भएपछि बेलायत र युरोपेली संघले रुसी राजदूतहरूलाई बोलाएको छ ।