इजरायलले हवाई आक्रमण गरेपछि जवाफमा लेबनानबाट रकेट प्रहार - Pyuthan Online
फागुन ५ गते २०८२
ब्रेकिङ न्यूज
आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने

इजरायलले हवाई आक्रमण गरेपछि जवाफमा लेबनानबाट रकेट प्रहार

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

  चैत १०, २०८१ इजरायलले लेबनानमा हवाई आक्रमण गरेपछि जवाफमा लेबनानबाट इजरायलमा रकेट प्रहार भएका छन् । गएको नोभेम्बरमा युद्धविराम लागू भएपछि यो सबैभन्दा ठूलो हिंसा मानिएको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा इरान समर्थित राजनीतिक समूह हिज्बुल्लाहका सेन्टरलाई निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले हवाई आक्रमणमा एक बालकसहित सात जना मारिएका र ४० जना घाइते भएको जनाएको छ । लेबनानमा हिज्बुल्लाह र प्यालेस्टाइनी समूहसहित कयौँ सशस्त्र समूह सक्रिय छन् । हिज्बुल्लाहले आफू युद्धविराममा प्रतिवद्ध रहेको जवाफ दिएको छ ।

यसैबीच लेबनानका राष्ट्रपति जोसेफ औनले दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणको निन्दा गर्नुभएको छ । लेबनानको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन गरी द्वन्द्व निम्त्याएको आरोप लगाएको छ । राष्ट्रपति जोसेफले लेबनानको ‘राष्ट्रिय हित’ लाई जोगाउन संयमता अपनाउन आह्वान गर्नुभएको छ ।

सम्वन्धित समाचारहरु