स्वर्गद्वारीले मापदण्ड भन्दा विपरित भित्रिएका मिनी टिलर वितरण गरेन - Pyuthan Online
मंसिर १३ गते २०८२

स्वर्गद्वारीले मापदण्ड भन्दा विपरित भित्रिएका मिनी टिलर वितरण गरेन

सन्तोष सुनार
सन्तोष सुनार
असार १३ गते २०८२

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका भित्र बसोबास गर्ने कृषकलाई आधुनिक कृषि पद्धतिको लागी नगरपालिकाले वितरण गर्न लागेका मिनी टिलर ( च्याम्पा ) सम्झौता भएको मापदण्ड भन्दा विपरित हुदा वितरण नगरेको नगरप्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिनुभयो । कृषकलाई खनजोत गर्नका लागी नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा वितरण गर्नका लागी शुक्रबार वडा नम्बर ३ जलुकेमा वितरण गर्दा मापदण्ड अननुसार नहुदा वितरण नगरिएको नगरप्रमुख भण्डारीले बताउनुभयो । जनतालाई मारमा राखेर तथा पारेर कुनै काम नगर्ने लक्ष्य रहेको नगरप्रमुख भण्डारीको भनाई रहेको छ ।

त्यस्तै नगर उपप्रमुख मिनराज रानाले अन्यापुर्ण हुने काम नगर्ने र विकासमुखी र जनताको हित हुने कार्य गरिरहेको र गर्ने बताउनुभयो । देशको मुख्य पेशा कृषि भएको हुदा उत्पादनमा किसानलाई सहजता दिलाउनका लागी वितरण गर्ने कृषिका सामाग्री तथा औजारहरु दिगो र फलदाही होस भनी वितरण गर्ने भएकाले किसानलाई भ्रममा पारी वितरण गर्दा गैर कानुनी काम भएकाले वितरण नगरेको प्रमुख प्रशासकिय अधिकृत केशव राज भट्टराईले बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत भट्टराईले भन्नुभयो “ हामीले सेवाग्राहीलाई पारदर्शी तथा प्रभावकारी सेवा दिन्छौ ।”

९४ मिली टिलरको लागी नगरपालिकाले विजुवारमा रहेको राप्ति मेसिनरी उद्योगसँग सम्झौता भएको थियो । उक्त उद्योगले विहिवार आई चेकजाँच गर्दा सहि भएको जाँच निकाले पनि आज वितरण गर्दा मापदण्ड अनुसार नहुदा कृषकहरु रित्तो हात घर फर्केका छन । स्वर्गद्वारी नगरपालिकाको अनुसार उद्योगले मापदण्ड अनुसार उपलब्ध गराएर माग अनुसारको संख्यामा नौ वटै वडा कार्यालयमा उपलब्ध गराउने बताएको छ ।

सम्वन्धित समाचारहरु