प्यूठानका दुईनेता गौतम र थापाको भेटवार्ता, मिलेर काम गर्ने समझदारी - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

प्यूठानका दुईनेता गौतम र थापाको भेटवार्ता, मिलेर काम गर्ने समझदारी

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २० गते २०८२

प्यूठान अनालाईन न्यूज डेक्स । नेकपा एमालेका प्रभावशाली नेता तथा सांसद सूर्य थापाले वरिष्ठ राजनीतिज्ञ वामदेव गौतमसँग भेट गरेका छन् । दुई नेताबीच प्यूठानको विकासको विषयमा छलफल भएको जनाईएको छ । गौतमसँगको भेटबारे जानकारी दिँदै थापाले दुवै जनाले आ–आफ्नो निर्वाचन क्षेत्र र जन्मथलोको लागि मिलेर केही गर्न लागिपर्ने समझदारी थालेको स्पष्ट पारेका छन् ।

थापाले फेशबुकमा लेखेका छन् ।

वरिष्ठ राजनीतिज्ञ राष्ट्रियसभा सदस्य कमरेड वामदेव गौतमसॅग भैंसेपाटीस्थित निवासमा महत्वपूर्ण भेटघाट भएको छ। प्युठानमा उहॅाको समयमा थालनीको प्रक्रियामा रहेका केही कामहरूप्रतिको लगाव र जोड जिउॅदो जाग्दो नै रहेको छ।हामीले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको हैसियतमा दुबैले आआफ्नो निर्वाचन क्षेत्र र जन्मथलोका लागि मिलेर केही गर्न लागिपर्ने समझदारी थालेका छौं।