स्वर्गद्वारी नगरपालिकाको आफ्नै लोगो सार्वजनिक - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

स्वर्गद्वारी नगरपालिकाको आफ्नै लोगो सार्वजनिक

सन्तोष सुनार
सन्तोष सुनार
असार २१ गते २०८२

प्युठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाले आफ्नो छुट्टै प्रतिक चिन्ह (लोगो) सार्वजनिक गरेको छ ।

शनिवार स्वर्गद्वारी नगरपालिकाको १७ औँ नगरसभाको दोस्रो बैठक वडा न. ३ जलुकेमा रहेको धर्माशला भएको अवसरमा नगर प्रमुख टेक प्रसाद भण्डारीले प्रतिक चिन्ह (लोगो) को अनावरण गरी सार्वजनिक गरिएको प्रमुख प्रशासकिय अधिकृत केशवराज भट्टराईले जानकारी दिनुभयो ।

नगरपालिकाको निर्णयअनुसार लोगो बनाउन गत पौष ३ गते प्रस्ताव आह्वान गरिएको थियो र स्वर्गद्वारी नगरपालि २ खालको अस्मिता भण्डारीले मात्र प्रतिक चिन्ह (लागो) तयार गरि पेश गरेको हुदा उक्त लोगो नै उत्कृष्ट भएकोले सार्वजनिक गरिएको प्रमुख प्रशासकिय अधिकृत भट्टराईले बताउनुभयो । लोगो तयार गर्ने भण्डारीलाइ सम्मान सहित प्रमाण पत्र समेत हस्तान्तरण गरिएको स्वर्गद्वारी नगरपालिकाका सुचना अधिकारी सौन्दर्यमणी सुवेदीले जानकारी दिनुभयो ।

लोगो सार्वजनिक गर्दै नगर प्रमुख टेक प्रसाद भण्डारीले नगरपालिकाको पहिचान झल्काउने गरी पहिलो पटक आफ्नै लोगो निर्माण गरेको जानकारी दिनुभयो। लोगोमा स्वर्गद्वारी नगरपालिकाको भित्रका सास्कृतिक सम्पदा , धार्मिक स्थल , पर्यटनस्थल तथा लगायत अन्य वस्तुहरुको समावेश भएकाले अन्य बाहिरी मानिसहरुले हेरेर अवलोकन गर्न सक्ने र पर्यटन अझ धेरै भित्रीने समेत नगरप्रमुख भण्डारीले बताउनुभयो । त्यस्तै लोगोले नगरपालिकाको छवि र सौन्दर्यता छाउने उप्रमुख मिनराज रानाले बताउनुभयो ।

सार्वजनिक गरिएको लोगोको शिर्प भागमा राखिएको हिमश्रृंखला धौलागिरी हिमाल स्वर्गद्वारीबाट स्पस्ट देखिने भएकाले भौगलिक सुन्दरता पर्यटकीय महत्वलाई दर्शाउने , लोगोको केन्द्रमा स्वर्गद्वारी मन्दिर , विचमा दुई गोरु र हलो बोकेको किसानलेले नगरपालिकाको कृषि प्रधान अर्थतन्त्रलाई प्रतिनिधित्व गरेको देखिएको छ ।
बायाँ साइडमा यस स्वर्गद्वारी नगरपालिकामा उत्पादन हुने मकै धान , गहुँका बाला र दायाँ भागमा नौ वटै वडामा फुलेको लालीगुँरास राखिएको छ ।

त्यस्तै लोगोमा सारीको भुबनोट आफ्नै भवन , माडीखोला , झोलुंगे पुल , उर्वर भुमी हरियो जमिन , नगरपालिकाको नक्सा, विभिन्न जात–जातिका कला , संस्कृति तथा लोक संगितलाई मध्यनजर गर्दै मादल र बासुरी, नेवार समुदायको मुखौटा पहिचान र समृद्ध स्वर्गद्वारी , कृषि , पर्यटन र रोजगारी नारा समेत समाबेश गरिएको छ ।
आजको बैठकबाट स्वर्गद्वारी नगरपलिकाको आगामी आ.व २०८२–०८३ को बजेट तथा कार्यक्रम सर्वसहमतीले समेत पारीत भएको छ । नगर उपप्रमुख मिनराज राना मगरले कुल ९१ करोड ८२ लाख ४० हजारको बजेट स्वर्गद्वारी नगरपलिकाको १७ औ नगर सभा समक्ष पेश गर्नु भएकोमा उक्त बजेट सर्वसहमतिले स्वीकृत भएको हो ।