गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण १२ गते २०८२

विश्व स्वास्थ्य सङ्कठन (डब्लुएचओ)ले गाजामा कुपोषणको अवस्था अत्यन्तै चिन्ताजनक रहेको चेतावनी दिएको छ । गाजामा पुनः राहत सामाग्रीको वितरण शुरु भएपछि डब्लुएचओले यस्तो बताएको बीबीसीले जनाएको छ ।

इजरायलले गाजाको केही भागमा हरेक दिन १० घण्टा सैनिक कारबाही रोकिने बताउँदै राहतको मार्ग खुला गर्ने निर्णय गरेपछि जोर्डन र संयुक्त अरब इमिरेट्सले हिजो गाजामा २५ टन राहत सामग्री हवाईमार्गबाट पठाएका छन् । साथै इजिप्ट र जोर्डनबाट राहत बोकेको ट्रक पनि गाजा प्रवेश गरेका छन । तर, राहत मार्ग नजिकै इजरायली गोलीबारीमा कम्तीमा नौ जना मारिएको र ५४ जना घाइते भएका खबरमा उल्लेख छ ।

अस्ति शनिवार युद्धविराम शुरु भएको झन्डै एक घण्टापछि गाजाको एक आवासीय भवनमा आक्रमण भएको थियो । मध्य गाजाको नत्जारिम कोरिडोरमा संयुक्त राष्ट्रसंघको राहत पर्खेर बसेका नागरिकहरूमाथि गोली चलाइएको हो ।

इजरायली सेनाले शंकास्पद समूह नजिक आएपछि चेतावनी स्वरूप गोली चलाएको दाबी गर्दै घाइते वा मृतकबारे जानकारी नभएको जनाएको छ । सहायता संस्थाहरूले सीमित मात्रामा राहत प्रवेश गराउँदा अराजक अवस्था बढ्ने चेतावनी दिएका छन् ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धको लक्ष्य प्राप्त नभएसम्म लडाइँ जारी रहने बताउनुभएको छ । उहाँले सुरक्षित मार्गहरू पहिले पनि भएको र अब झन् औपचारिक भएको बताउनुभएको छ । संयुक्त राष्ट्रले भने इजरायलले राहत संकलनमा अनेकौं अवरोध सिर्जना गरिरहेको आरोप लगाउँदै आएको छ ।

सम्वन्धित समाचारहरु