प्यूठान अनलाईन न्यूज डेक्स । रोल्पाको रुन्टिगढी गाउँपालिकामा मिनी ट्रक दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।रुन्टीगढी गाउँपालिका वडा नं ७ बान्द्रे स्थित कुर्जा सालीबाङ हुलाकी डाँडा भित्री सडक खण्डमा बान्द्रे देखि सालिबाङ तर्फ आउदै गरेको मिनी ट्रक दुर्घटनामा परेको हो ।
घाइते हुनेमा चालक रुन्टिगढि गाउँपालिका वडा नं ७ का ३२ बर्षिय महेन्द्र थापा, सोही ठाउँका ३५ बर्षिय नर बहादुर थापा र २० बर्षिय बिबेक थापा रहेका छन् ।
घाइतेहरुलाई उपाचारको लागि राप्ति प्रादेशिक अस्पताल तुल्सिपुर दाङ तर्फ पठाइएको अस्थाई प्रहरी पोष्ट कुर्जाका प्रहरी सहायक निरिक्षक पृथ्बिराज जैसवालले जानकारी दिनु भएको छ ।
सनिवार साझ साढे ७ बजेको समयमा मिनि ट्रक दाउरा ल्याउन जाने क्रममा ब्रेक फेल हुनगइ बाटोबाट एक सय मिटर तल खस्दा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।