जापान जान अनधिकृत कागजात बनाएको आरोपमा कम्प्युटर अपरेटर बर्खास्त - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

जापान जान अनधिकृत कागजात बनाएको आरोपमा कम्प्युटर अपरेटर बर्खास्त

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक २६ गते २०८२

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जापानमा आयोजना हुन लागेको स्मार्ट सिटी सम्मेलनमा भाग लिन अनधिकृत कागजात बनाएको पाइएपछि आफ्नै कर्मचारीलाई बर्खास्त गरेको छ ।नगरपालिकाले कम्प्युटर अपरेटरमा हालै मात्र नियुक्त सन्जु पौडेललाई बुधबार बसेको नगर प्रमुख स्तरीय बैठकबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको प्रतिनिधित्व गरेर एसिया स्मार्ट सिटी कन्फेरेन्स २०२५ मा सहभागी हुनका लागि पौडेल सहित स्वास्थ्य शाखाका केशव भट्टराई र योजना शाखाकी सीता भण्डारी भुसाल पनि सिफारिस भएका थिए ।

तर, पौडेलको सिफारिसका विषयमा प्रश्न उठेपछि नगरपालिकाले आन्तरिक छानबिन गर्दा कार्यालयको स्वीकृत र समन्वय विना अनधिकृत ढंगले काजगात बनाएको पाइएपछि पौडेललाई बर्खास्त गर्ने निर्णय भएको नगरप्रमुख रामकृष्ण खाँणले बताए । जापानको सम्मेलनमा सहभागी हुने विषयमा प्रश्न उठेपछि नगरपालिकाले तीनै जना कर्मचारीहरूको भ्रमण रद्द गर्न २३ कात्तिकमा पत्राचार गरेको र आयोजक संस्थाबाट २४ कात्तिकमा भ्रमण रद्द भएको जानकारी सहितको इमेल नगरपालिकालाई प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।

‘सम्मेलनमा सहभागी हुन जाने भनिएका ३ जना कर्मचारीहरूलाई सम्मेलनमा सहभागिताको विषय र कार्यालयको कागजातको अनधिकृत प्रयोगको सम्बन्धमा स्पष्टीकरण सोधिएको र आन्तरिक छानबिन समेत गरिएकोमा नाम आएका तीन जना कर्मचारीहरू मध्ये करार सेवामा कार्यरत कम्प्युटर अपरेटर सञ्जु पौडेलले अनधिकृत रूपमा कार्यालयको स्वीकृति र समन्वय बेगर कार्यालयको कागजात प्रयोग गरेको पाइएकोले निजलाई २६ कात्तिकको नगर प्रमुखस्तरीय निर्णयानुसार आजैका मितिदेखि लागु हुने गरी कम्प्युटर अपरेटर पदबाट बर्खास्त गरिएको छ,’ जारी विज्ञप्तिमा छ ।

सम्वन्धित समाचारहरु