रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट - Pyuthan Online
मंसिर १७ गते २०८२
ब्रेकिङ न्यूज
सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट

प्युठान अनलाईन
प्युठान अनलाईन
मंसिर १६ गते २०८२

रोल्पा । रोल्पामा प्रहरीले ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट गरेको छ । जिल्लाको सुनिल स्मृति गाउँपालिका–१ सल्ली पिपलमा अवैध रूपमा घरेलु मदिरा उत्पादनका लागि राखिएको कच्चा पदार्थ प्रहरीले बरामद गरी नष्ट गरेको हो । हिजो सोमबार दिउँसो करिब १२ः४० बजेको समयमा स्थानीय श्रीधर कँवरको घरमा अवैध रूपमा घरेलु मदिरा लुकाईछिपाई राखिएको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खुङ्ग्री र इलाका प्रहरी कार्यालय सुलिचौरको संयुक्त टोली उक्त स्थानमा खटिएको थियो ।

प्रहरीले उनको घर वरपर खानतलासी गर्दा घरको आँगनमा लुकाईछिपाई राखिएको ९ वटा ड्रममा रहेको करिब ५०० लिटर घरेलु मदिरा उत्पादनका लागि तयार पारिएको कच्चा पदार्थ ९जाँड० फेला पारेको हो । त्यसपछी प्रहरी उक्त जाड बरामद गरि स्थानीय जनप्रतिनिधिको रोहबरमा दिउँसो करिब १ः३० बजे रीतपूर्वक नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरीले अवैध मदिरा उत्पादन तथा कारोबार नियन्त्रण गर्न नियमित रूपमा निगरानी तथा कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।।