बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ५२ पुग्यो, ७ जना बेपत्ता - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ५२ पुग्यो, ७ जना बेपत्ता

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज २० गते २०८२

काठमाण्डौ – शुक्रवार र शनिवारको ठूलो वर्षापछिको विपद्जन्य घटनामा परी ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । अरू सात जना बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी पहिरो र त्यसपछि भएको दुर्घटनामा कोशी प्रदेशमा मात्रै ४९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ३७ जना इलामका छन् । यस्तै पाँचथरमा आठ जना, उदयपुरमा दुई जना र खोटाङका दुई जनाको ज्यान गएको छ ।

रौतहटमा तीन जना र काभ्रेमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार बाढीपहिरोमा परेर रसुवामा चार जना, बारामा एक जना, इलाममा एक जना र काठमाण्डौमा एक जना बेपत्ता छन् ।