आज राष्ट्रियसभा सदस्यको चुनाव हुदै,लुम्बिनी प्रदेशमा तिन पदका लागी छ जना चुनाव लड्दै - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

आज राष्ट्रियसभा सदस्यको चुनाव हुदै,लुम्बिनी प्रदेशमा तिन पदका लागी छ जना चुनाव लड्दै

प्युठान अनलाईन
प्युठान अनलाईन
माघ ११ गते २०८२

काठमाडौ। राष्ट्रियसभा सदस्यको चुनाव आज हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।राष्ट्रियसभाका १९ जना सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ । उनीहरूमध्ये राष्ट्रपतिबाट मनोनीत हुने १ जना बाहेक अन्य १८ पदमा चुनाव हुन लागेको हो ।

१८ मध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसक्नु भएकोले आज १७ पदका लागि चुनाव हुन लागेको छ ।सात वटै प्रदेशका मतदान केन्द्रमा मतदान हुनेछ । राष्ट्रियसभा सदस्यको चुनावमा प्रदेशसभा सदस्य र पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष मतदाता रहेका छन् ।

केही प्रदेशसभा सदस्य र पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्षले राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दर्ता गरेकाले मतदाता नामावलीबाट उनीहरूको नाम हटाएको आयोगले जनाएको छ ।

लुम्बनी प्रदेशमा तिन पदका लागी छ जना चुनाव लड्दै

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा तिन पदका लागी छ जनाले निर्वाचनमा भाग लिदैछन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार खुल्लातर्फ नेपाली कांग्रेसका चन्द्र बहादुर केसी, राष्ट्रिय जनमोर्चाका बोम बहादुर खत्री र नेपाली कुम्युनिष्ट पाटीका बृहस्पती अधिकारी रहनु भएको छ । यस्तैगरी महिला कलस्टरतर्फ नेपाली कम्युनिष्ट पाटीका दुर्गा कुमारी भण्डारी, राष्ट्रिय जनमोर्चाका पद्या पण्डित र नेकपा एमालेबाट राम कुमारी झाक्री उमेदवार हुनुभएको छ ।

राष्ट्रिय सभा सदस्यका लगाी अपाङगता तथा अल्पसंख्यक समुहबाट दुई जना उमेदवार रहेका छन् । जसमा नेपाली कांग्रेसका बासुदेव घिमिरे र नेपाली कम्युनिष्ट पाटीका सर्जन विक रहेको कार्यालयले जानकारी दिएको छ ।लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी तालमेल गरेका छन् । जसमा एमालेकी रामकुमारी झाँक्री, नेपाली कांग्रेसका वासुदेव जंगली र चन्द्र केसीले उमेदवार बन्नु भएको छ ।

लुम्बिनी प्रदेशबाट खुला, महिला र अपाङ्गता समुह गरी तीन जना राष्ट्रिय सभा सदस्यको लागी चुनाव ुहदैछ । फागुन २० गतेदेखि पदावधि सकिन लागेका एमालेका गोपाल भट्टराई (खुला) विमला घिमिरे (महिला) र माओवादीका जगप्रसाद शर्मा (अपाङ्गता) को ठाउँमा नयाँ सदस्यका लागी निर्वाचन हुदैछ । प्रदेशमा कुल मतभार ८,७५३ रहेको छ । जसमा कांग्रेसको ३,१७९, एमालेको २,८१० र नेपाली कम्युनिष्ट पाटी गठबन्धनको २,६८६ मतभार छ ।

सम्वन्धित समाचारहरु