अछामको जयगढ बजारमा भीषण आगलागी - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

अछामको जयगढ बजारमा भीषण आगलागी

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र २५ गते २०८१

अछाम : अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ। मंगलबार साँझ बजारमा रहेको एक घरमा खाना पकाउँदै गरेको सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीयले बताएका छन्। 

बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य व्यापारिक केन्द्रसमेत रहेको उक्त बजारमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन। आगलागी नियन्त्रणका लागि मंगलसेन नगरपालिकाको दमकल पुगेको छ। 

आगलागीका कारण बजारमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।