काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो - Pyuthan Online
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

प्युठान अनलाईन
प्युठान अनलाईन
फागुन ६ गते २०८२

काठमाण्डौ – अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । बनेपाको दूरसञ्चार कार्यालय नजिकै टिपरले स्कुटरलाई ठक्कर दिएको हो ।

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई बिहान ठक्कर दिएको र स्कुटरका चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

स्कुटर पछाडी बसेका एक जना घाइते भएका छन् । ज्यान गुमाउने र घाइतेको पहिचान खुलेको छैन । स्कुटरलाई ठक्कर दिएको टिपरमा स्थानीयबासिन्दाले आगजनी गरेका छन् ।