स्वर्गद्वारीमा अटो दुर्घटना ः तिन जना घाईते - Pyuthan Online
असार १५ गते २०८२

स्वर्गद्वारीमा अटो दुर्घटना ः तिन जना घाईते

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १२ गते २०८१

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ४ कोलबाङमा अटो दुर्घटना हुदा तिन जना घाईते भएका छन ।

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किने क्रममा लु ०२–००१ ह ०६८१ नम्बरको अटो कोलबाङमा अयन्त्रित भई पल्टिदा अटोमा रहेका तिन जनामध्ये एक मध्यम र दुईजना सामान्य घाईते भएको इलका प्रहरी कार्यालय भिगृका प्रहरी साहयक निरिक्षक बलमान राना क्षेत्रीले जानकारी दिए ।

घाईते हुनेमा रोल्पाको सुनिल स्मृति गाउपालिका ४ छिर्नेका अन्दाजी वर्ष २६ कि निशा बुढा मगर , वर्ष १९ कि नम्रता रोकाय र वर्ष २१ कि बसु विष्ट रहेको प्रहरी सहायक निरिक्षक राना क्षेत्रिले बताए ।

निशा बुढा मगरको टाउकोमा र पेटमा चोट लाग्दा मध्यम अवस्था भएकाले बुटवल रिफर गरिएको छ भने बाकी दुईजना सामान्य रहेको हुदा भिगृ प्रथामिक स्वास्थ्य चौकीबाट उपचार पश्चात डिस्चार्ज भएको ईलका प्रहरी कार्यालय भिगृले जनाएको छ ।

अटो र रोल्पाको सुनिल स्मृति गाउँपालिका ४ का चालक भक्त बहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटना दिउसोँ ४ः३० बजे घटेको हो ।