एकै परिवारका ४ जनाको हत्या, घटनामा संलग्न रहेको आरोपमा ज्वाइँ पक्राउ - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

एकै परिवारका ४ जनाको हत्या, घटनामा संलग्न रहेको आरोपमा ज्वाइँ पक्राउ

प्युठान अनलाईन
प्युठान अनलाईन
असार २२ गते २०८२

असार २२, काठमाण्डौ – भोजपुरको रामप्रसादराई गाउँपालिका–२, धोद्लेखानीको बोन्थिताङमा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२, हेलौछाका ज्वाइँ नाता पर्ने राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेको र उनी आफैले गएराति फोन गरेर प्रहरीमा खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटनापछि ओख्रेमा रहेको अस्थायी प्रहरी चौकीबाट टोली खटिएको र ६८ वर्षीय वेलबहादुर गिरी (ससुरा), ४८ वर्षीया मञ्जु गिरी (सासु), राजेन्द्रकी श्रीमती र उनका भाइको शव फेला परेको प्रहरीको भनाइ छ ।

भागी विवाह गरेका ज्वाईँ पछिल्लो चार दिनदेखि ससुरालीमै बस्दै आएका थिए । घटनामा संलग्न राजेन्द्र पनि घाइते भएका छन् । उनलाई उपचारका लागि भोजपुर सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ ।