गुल्मीमा करेन्ट लागेर एक महिलाको मृत्यु - Pyuthan Online
असार १५ गते २०८२

गुल्मीमा करेन्ट लागेर एक महिलाको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १२ गते २०८१

प्यूठान अनलाईन न्यूज डेक्स । गुल्मीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-७ पल्टार निवासी ६० वर्षकी चन्द्रकला कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
 मृतक चन्द्रकलाका श्रीमान कर्णबहादुर कुमालले आफ्नै बारिमा बादरलाई भगाउनको लागि लगाएको करेन्ट (तार) मा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका (एसपी ) राजन भुजेलले बताए । करेन्ट लागेर घाइते कुमालको स्थानीय लुम्बिनी वामी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार थापाको कमाण्डमा प्रहरी खटिएको छ ।