चुनावमा भाग लिन ५६ पार्टीले दिए निवेदन - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

चुनावमा भाग लिन ५६ पार्टीले दिए निवेदन

प्युठान अनलाईन
प्युठान अनलाईन
मंसिर ८ गते २०८२

मंसिर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिन ५६ वटा पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् । चुनावमा सहभागी हुने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले पनि हिजो दल दर्ताका लागि निवेदन दिएको छ । निर्वाचन आयोगले दल दर्ताको लागि पर्सि १० गतेसम्म निवेदन दिन आग्रह गरेको छ ।

११ गतेदेखि १८ गतेसम्म निवेदनमाथि छानबिन गर्ने र २० गते दर्ता भएका दलहरूको नामावली प्रकाशन गर्ने कार्यसूची छ । आयोगमा दर्ता रहेका दलमध्ये चुनावमा भाग लिने उद्देश्यले पुनः दल दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १ सय ३२ वटा दल दर्ता भएका छन् । यसमध्ये १५ वटा नयाँ छन् । अझै २५ वटा नयाँ दल दर्ताको प्रक्रियामा रहेका आयोगले जनाएको छ