अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु - Pyuthan Online
मंसिर १५ गते २०८२

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु 

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १२ गते २०८१

अर्घाखाँची — शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना महिला र एक पुरुष रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए ।

दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि बुटबल रेफर गरिएको उनले बताए ।

लु २ ख ३०३ नम्बरको बस अर्घाखाँचीबाटबाट नवलपरासीको बर्दघाटतर्फ जाँदै गरेको थियो । भुवनपाटा ओरालोबाट करिब दुई सय मिटर तल खसेको थियो । घटनामा उद्धारकार्य भइरहेको छ ।

सम्वन्धित समाचारहरु