स्काभेटर दुर्घटना हुँदा दुई जनाको मृत्यु - Pyuthan Online
असार १५ गते २०८२

स्काभेटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख १ गते २०८२

हुम्ला, १ बैशाख ।  हुम्लाको दक्षिण भेगमा रहेको चङ्खेली गाउँपालिकामा गएराति स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा चङ्खेली गाउँपालिका–२ का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक त्यही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । बिग्रेको स्काभेटर चलाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।।