बैशाख ३ गते । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन प्यूठान आउने कार्यक्रम तय भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पुन वैशाख ६ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नगर अधिवेशनको उद्घाटन गर्न प्यूठान आउन लागेका हुन ।
माओवादी केन्द्र प्युठान नगरपालिकाको नगर अधिबेशनले पार्टीको सांगठानिक सुदृढीकरण र आगामी रणनीति तय गर्ने जनाइएको छ । अधिवेशनमा केन्द्रदेखि जिल्ला पालिका तथा वडातहसम्मका नेताहरूको उपस्थिति रहने नगर कमिटी सचिब सुमन श्रेष्ठले जानकारी जानकारी दिए ।