वैशाख ६ गते २०८२

माण्डवी ३ मा बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ४ गते २०८२

बैशाख ४ गते,प्यूठान । जिल्लाको माण्डवी गाउँपालिका वडा नं.३ ले अब जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने भएको छ ।

विहिवार वडा कार्यालयले सुचना निकाली यस्तो निर्णय गरेको हो । वडाध्यक्ष धनेन्द्र कार्कीद्वारा जारी सूचनामा भनिएको छ, “सामुदायिक विद्यालयमा सबैको पहुँच र सहभागिता बढाउन नेतृत्वदायी व्यक्तिले उदाहरणीय भूमिका खेल्नुपर्छ।”

निर्णयको अवज्ञा गरे वडा कार्यालयबाट उपलब्ध सेवा सुविधा बन्द गरिने वडा अध्यक्ष कार्कीले बताए । वडाले शैक्षिक, भौतिक र व्यवस्थापकीय सुधारमा प्रतिबद्धता जनाएको छ।

हाम्रो बारेमा

द्रुत लिङ्कहरू

कम्पनी

सम्पर्क

© 2025 सर्वाधिकार सुरक्षित।