रुससँग सम्झौता गर्नुअघि युक्रेनको विनाश हेर्न आउन ट्रम्पलाई जेलेन्स्कीको आग्रह - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

रुससँग सम्झौता गर्नुअघि युक्रेनको विनाश हेर्न आउन ट्रम्पलाई जेलेन्स्कीको आग्रह

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख १ गते २०८२

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग सम्झौता गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देश भ्रमण गर्न आग्रह गर्नुभएको छ ।

अमेरिकी टेलिभिजन र रेडियो प्रसारक सीबीएसको एक अन्तवार्तामा जेलेन्स्कीले ट्रम्पलाई कुनै पनि प्रकारको निर्णय गर्नुअघि, कुनै पनि प्रकारको वार्ता गर्नुअघि रुसी आक्रमणबाट आफ्नो देशमा भएको विनाश हेर्न आउन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । आइतवार युक्रेनी शहर सुमीमा भएको विनाशकारी रुसी मिसाइल आक्रमणभन्दा पहिले रेकर्ड गरिएको थियो ।

सुमी शहरमा भएको रुसी आक्रमणमा दुई बालबालिकासहित ३४ जनाको ज्यान गएको थियो भने एक सय १७ जना घाइते भएका थिए । ट्रम्पले रुसी आक्रमणलाई ‘भयानक घटना’ भनेर वर्णन गर्नुभएको थियो भने जर्मनीका चान्सलर–इन–वेटिङ फ्रेडरिक मर्जले रुसलाई युद्ध अपराध गरेको आरोप लगाउनुभएको थियो ।

युक्रेनको सबैभन्दा बलियो सैन्य सहयोगी अमेरिकाले ट्रम्पको नेतृत्वमा वार्तामार्फत युद्धको अन्त्य गर्ने प्रयास गरिरहेका बेला यो आक्रमण भएको हो । रुस–युक्रेन युद्ध अहिले चौथो वर्षमा छ ।

सन् २०२२ को फेब्रुखरी २४ मा रुसले युक्रेनमा पूर्णस्तरीय आक्रमण शुरू गरेदेखि दुवैतर्फ लाखौं मानिस मारिएका वा घाइते भएका अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार अहिले झन्डै ७० लाख युक्रेनी शरणार्थीका रूपमा बाँचिरहेका छन् ।

सम्वन्धित समाचारहरु