दाङको घोराहीमा पेस्तोल सहित एक युवक पक्राउ - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

दाङको घोराहीमा पेस्तोल सहित एक युवक पक्राउ 

प्युठान अनलाईन
प्युठान अनलाईन
असार २५ गते २०८२

२५ असार । दाङमा पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका– ३ फलाँटे घरभइ हाल घोराही उपमहानगरपालिका–१५ विपि चोक नजिकै बस्दै आएका अजय बिक रहेको प्रहरीले जनाएको छ ।

लोटस ट्रेनिङ सेन्टरको होस्टेलमा बस्दै आएका बिकसंग हतियार रहेको गोप्य सूचनाको आधारमा गएको प्रहरीले खानतलासी गर्दा खाटमुनि लुकाई राखेको अवस्थामा पेस्तोल र गोली बरामद गरेको हो ।  वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक सुरज सिंहको कमान्डमा प्रहरी टोलीले एक थान पेस्तोल, सोमा लाग्ने ४ थान गोली, ७ राउन्ड क्षमता भएको एक थान म्याग्जिन बरामद गरेको हो ।

दश दिन अघि नेपाल आएका बुबाले पेस्तोल राख्न दिएपछि आफूले राखेको भन्दै प्रहरीलाई बिकले बयान दिएका छन् । पक्राउ परेका अभियुक्तका बुबा भारतमा लुटपाट र ठगि धन्दा आरोपमा केहिदिन अघि भारतको हरियानामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनुभयो ।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । बुबाले मान्दै नमानेर पेस्तोल राख्न दिएकाले फसेको अभियुक्तको भनाई छ । 

सम्वन्धित समाचारहरु