आज बागमती प्रदेशमा सार्वजनिक बिदा - Pyuthan Online
असार १५ गते २०८२

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २४ गते २०८२

  वैशाख २४ । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसरमा आज वैशाख २४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले अस्ति सोमवार सूचना निकालेर भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।

प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले बताउनुुभयो ।

बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशमा सरकारी कामकाजको नेपाल भाषा र तामाङ भाषालाई २०८१ वैशाख २४ गतेदेखि व्यवहारिक रुपमा प्रयोगमा ल्याइएको थियो ।