मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु - Pyuthan Online
मंसिर १५ गते २०८२

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २७ गते २०८२

नवलपुर : मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा कावासोतीमा शनिबार साँझ दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कावासोती-११ का ईश्वर दर्लामी र सागर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए। उनीहरू एकैघरका दाजुभाइ हुन्। 

देवचुलीको मुन्डेबाट फर्कने क्रममा कावासोती १ लोकाहा खोला नजिकै मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ। अत्यधिक गतिका कारण दुर्घटना भएको प्रहरी नायब उपरीक्षक नेपालले बताए। 

दुर्घटना पछि गम्भीर अवस्थामा रहेका दुबै जनालाई उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल पठाइए पनि उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो।