मृत्युदण्डको सजाय उल्टाएपछि इस्लामी नेता रिहा - Pyuthan Online
वैशाख ८ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

मृत्युदण्डको सजाय उल्टाएपछि इस्लामी नेता रिहा

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १३ गते २०८२

१३ गते, जेठ । बङ्गलादेशको सर्वोच्च अदालतले युद्ध अपराधको आरोपमा जमात–ए–इस्लामी बङ्गलादेशका नेता अजहर इस्लामलाई दिइएको मृत्युदण्डको सजाय उल्टाएको छ ।

बङ्गलादेशको १९७१ को स्वतन्त्रता युद्धको समयमा मानवताविरुद्धको अपराधका लागि सन् २०१४ को डिसेम्बर ३० मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले अजहर इस्लामलाई सुनाएको मृत्युदण्डको सजायलाई उल्ट्याउँदै सर्वोच्चले तत्काल रिहा गर्न आदेश दिएको बीबीसीले जनाएको छ ।

सात सदस्यीय पुनरावेदन इजलासले उहाँको मृत्युदण्ड उल्ट्याएर रिहा गर्ने आदेश दिएको हो । यो इजलासको नेतृत्व बङ्गलादेशका प्रधानन्यायाधीश डा। सैयद रिफत अहमदले गर्नुभएको थियो । यदि अजहर इस्लामविरुद्ध अन्य कुनै मुद्दा छैन भने उहाँलाई तुरुन्तै रिहा गरिनुपर्छ भनेको खबरमा उल्लेख छ ।

अजहर इस्लामले दोषी ठहरविरुद्ध पुनरावेदन गर्नुभएकोमा पुनरावेदन महाशाखाले सन् २०१९ को अक्टोबर ३१ मा न्यायाधिकरणले तोकेको सजायलाई कायम राखेको थियो । त्यसपछि सन् २०२० को जुलाई १९ मा उहाँले पुनरावेदन महाशाखाको सम्बन्धित शाखामा पुनरावलोकन निवेदन दायर गर्नुभएको थियो । यो निवेदनमा सर्वोच्चले आज सुनुवाइ गरेको हो ।

सर्वोच्चको फैसलालाई लिएर जमात–ए–इस्लामी बङ्गलादेशका नेता अमिर शफिकर रहमानले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै न्यायको विजय भएको भन्नुभएको छ । यो फैसलाले सत्यलाई दबाउन सकिँदैन भन्ने प्रमाणित गरेको उहाँले बताउनुभयो ।

सम्वन्धित समाचारहरु