रास्वपाको महिला उपसभापतिमा गौतम र कार्कीबीच प्रतिस्पर्धा हुदै, कसले मार्ला बाजी - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

रास्वपाको महिला उपसभापतिमा गौतम र कार्कीबीच प्रतिस्पर्धा हुदै, कसले मार्ला बाजी

प्युठान अनलाईन
प्युठान अनलाईन
असार १२ गते २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको ) पदाधिकारीका लागि आज चुनाव हुँदैछ । उपसभापतिमा स्वर्णिम वाग्लेको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध भइसक्नुभएको छ भने महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले प्रतिस्पर्धा गर्नुभएको छ ।

महामन्त्रीका उम्मेदवार जगदीश खरेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । सहमहामन्त्रीमा रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री उम्मेदवार बन्नु भएको छ ।सहमहामन्त्री महिलामा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिनुभएको छ । आज ५ पदाधिकारीका लागि चुनाव हुन लागेको हो ।चितवनमा ६ दिन अघि शुरु भएको रास्वपा महाधिवेशन ३ दिनमा सकिने कार्यतालिका भए पनि लम्बिएको छ ।

सम्वन्धित समाचारहरु