कक्षा १२ को नतिजामा ९ प्रतिशतले सुधार - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

कक्षा १२ को नतिजामा ९ प्रतिशतले सुधार

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २० गते २०८२

काठमाण्डौ, २० श्रावण । राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको कक्षा १२ को नतिजा गएको वर्षभन्दा सुधार भएको छ । हिजो साँझ बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा गएको वर्षभन्दा यस वर्ष करिब ९ प्रतिशतले नतिजामा सुधार आएको हो । यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थी पास भएका छन् । गएको वर्ष ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी पास भएका थिए । यसवर्ष तीन लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएकामा २ लाख ४२ हजार ४ सय ६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । यस्तै, आंशिकतर्फ १ लाख १४ हजार ६ सय ४० विद्यार्थी परीक्षामा सहभागी भएकामा ४१ हजार ८ सय ४० विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ विद्यार्थीको परीक्षा रद्द भएको बोर्डले जनाएको छ । सबै विषयमा ग्रेड प्राप्त विद्यार्थीको सङ्ख्या २ लाख ८४ हजार ३ सय ५ रहेको छ ।

परीक्षामा सहभागी भएकाहरूमध्ये १३ हजार ५ सय २ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए, ५५ हजार ८ सय ९६ विद्यार्थीले ३ दशमलव २१ देखि ३ दशमलव ६० जीपीए र ९४ हजार २ सय ६८ विद्यार्थीले २ दशमलव ८१ देखि तीन दशमलव २० जीपीए प्राप्त गरेका छन् । यसैगरी ६९ हजार ८ सय १२ विद्यार्थीले २ दशमलव ४१ देखि २ दशमलव ८० र ८ हजार ९ सय ६४ विद्यार्थीले २ दशमलव ०१ देखि दुई दशमलव ४० जीपीए ल्याएका छन् । ननग्रेड पाएका विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक अर्थात् मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । दुई विषयमा ‘ननग्रेड’ पाएका वा बढीमा २ विषयको परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीले मौका परीक्षा दिन पाउने गरी व्यवस्था गरिएको बोर्डले जनाएको छ ।।

सम्वन्धित समाचारहरु