रोल्पामा मिनी ट्रक दुर्घटनाः ३ जना घाईते - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

रोल्पामा मिनी ट्रक दुर्घटनाः ३ जना घाईते

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

प्यूठान अनलाईन न्यूज डेक्स । रोल्पाको रुन्टिगढी गाउँपालिकामा मिनी ट्रक दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।रुन्टीगढी गाउँपालिका वडा नं ७ बान्द्रे स्थित कुर्जा सालीबाङ हुलाकी डाँडा भित्री सडक खण्डमा बान्द्रे देखि सालिबाङ तर्फ आउदै गरेको मिनी ट्रक दुर्घटनामा परेको हो ।

घाइते हुनेमा चालक रुन्टिगढि गाउँपालिका वडा नं ७ का ३२ बर्षिय महेन्द्र थापा, सोही ठाउँका ३५ बर्षिय नर बहादुर थापा र २० बर्षिय बिबेक थापा रहेका छन् ।

घाइतेहरुलाई उपाचारको लागि राप्ति प्रादेशिक अस्पताल तुल्सिपुर दाङ तर्फ पठाइएको अस्थाई प्रहरी पोष्ट कुर्जाका प्रहरी सहायक निरिक्षक पृथ्बिराज जैसवालले जानकारी दिनु भएको छ ।

सनिवार साझ साढे ७ बजेको समयमा मिनि ट्रक दाउरा ल्याउन जाने क्रममा ब्रेक फेल हुनगइ बाटोबाट एक सय मिटर तल खस्दा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।