बास नेपाल प्यूठानद्वारा युवामैत्री कार्यक्रमको लागि मल्लरानीलाई सुझाव पत्र - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

बास नेपाल प्यूठानद्वारा युवामैत्री कार्यक्रमको लागि मल्लरानीलाई सुझाव पत्र

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २७ गते २०८२

प्यूठान । बागेश्वरी असल शासन क्लब (बास) नेपाल प्यूठानले मल्लरानी गाउँपालिकालाई युवामैत्री कार्यक्रमको बनाउनको लागि सुझाव पत्र बुझाएको छ।
मंगलबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उक्त कार्यक्रमको लागी क्लबले गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्कालाई हस्तान्तरण गरेको हो ।

बेरोजगार युवालाई रोजगारको अवसर, शैक्षिक योग्यताको आधारमा ऋण सुविधा, र युवा लक्षित कार्यक्रम निर्माणका अन्तर्राष्ट्रिय युवा दिवस(२०२५ को अवसरमा सुझाबपत्र बुझाइएको बास नेपाल अन्तरास्ट्रिय प्यूठान शाखाका अध्यक्ष सुजल श्रेष्ठले जानकारी दिनुभयो । पालिकाले बनाउने नीति, नियम र कार्यविधिमा युवाको अर्थपूर्ण संलग्नता र साझेदारी सुनिश्चित गर्नुपर्ने, साथै जनसांख्यिक, धर्म, वर्ग, लिङ्ग, जातजाति र समुदायको आधारमा प्रतिनिधित्व र समावेशीकरणमा जोड दिनुपर्ने पत्रमा माग गरिएको छ ।

अध्यक्ष खड्काले सुझाव पत्र ग्रहण गर्दै युवाको मागलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रम र नीतिमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पालिकाले छुटेका नीति नियम, कार्यक्रम बनाउन यस सुझाव पत्रको आधारमा तय गरिने बताउनुभयो ।

सुझाव पत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुदलगायत क्षेत्रहरूमा युवाको सहभागिता प्रवर्द्धन गर्न सक्ने नीतिहरू तर्जुमा र कार्यान्वयन गर्नुपर्ने, साथै ती क्षेत्रको अनुगमन र मूल्याङ्कनमा पनि युवाको सक्रिय भूमिका सुनिश्चित गर्नुपर्ने २३ बुदे सुझाब उल्लेख छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस २०२५ “दिगो विकास र सुनौलो भविष्यको सारस् स्थानीय युवाको सहभागिता, समृद्धिको आधार” भन्ने नारासहित साउन २७ गते मनाइने गरिन्छ ।

सम्वन्धित समाचारहरु