माण्डवी पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

माण्डवी पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा

सन्तोष सुनार
सन्तोष सुनार
जेठ १३ गते २०८२

प्यूठान । जिल्लाको माण्डवी गाउपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको छ । मङ्गलबार माण्डवी गाउँपािलकाको आयोजनामा एक कार्यक्रमको विच गाउँपालिकाको सभाहलमा पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

गाउँपालिकाको पाचँ वटै वडामा १५–५९ महिना सम्मको ९ सय ३३ बालबालिकाहरुको सर्बेक्षण गर्दा सबैमा १५ महिनामा लगाउनु पर्ने खोपहरु सबैले लगाएको स्वास्थ्य शाखा प्रमुख ध्रुब कुमार पोख्रेलले जानकारी दिनुभयो । बालबालिका तथा स्वास्थ्य क्षेत्रमा माण्डवी गाउपालिका तत्परका साथ लागी परेको छ ।

कार्यक्रमको प्रमुख अथिति रहनु भएको जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी.ले स्वास्थ्य क्षेत्रमा स्थानीय सरकारले विशेष चासोको रुपले हेर्नु पर्ने बताउदै पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरेकोमा धन्यवाद समेत दिनु भएको थियो । कार्यक्रममा उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारी,स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्का,३ नं वडा अध्यक्ष धनेन्द्र कार्कीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

माण्डवी गाउपालिकाका अध्यक्ष नमराज अधिकारी (रोशन) को अध्यक्षतामा भएको कार्यक्रममा वडा नं .१ का अध्यक्ष बाम बहादुर बुढा, वडा नं.२ का अध्यक्ष प्रकाश वली,तथ्याङक अधिकृत वसन्त पोख्रेल,कार्यापालिका सदस्यहरु,स्वास्थ्यकर्मी, महिला स्वयंमसेवीका,आमा समुह र कर्मचारी सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन स्वास्थ्य शाखामा कार्यारत नारायण जिसीले गरेको पत्रकार तुफान अधिकारीले प्यूठा अनलाईनलाई जानकारी दिनुभयो ।

सम्वन्धित समाचारहरु