शनिबार, चैत ०९, २०८१
काठमाडौं । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड – २०८१ बाट २४ व्यक्तित्व तथा संस्थालाई सम्मानित गरिएको छ । स्वास्थ्य दर्पण मीडिया नेटवर्क प्रा.लि.को आज नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न नवौं बार्षिकोत्सवको अवसरमा पूर्व राष्ट्रपति डा.रामवरण यादवले कदर पत्रसहित सम्मान गर्नु भएको हो ।
बार्षिकोत्सवको अवसरमा स्वास्थ्य क्षेत्रका स्वदेश तथा विदेशमा रहनु हुुने विभिन्न व्यत्तित्व एवं सचारकर्मी गरी २४ जना व्यत्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा कोशी प्रदेशबाट वरिष्ठ फिजिसियन डा.पिताम्बर ठाकुर ,मधेश प्रदेशबाट वरिष्ठ मृगौला विशेषज्ञ डा.चितरञ्जन शाह र वरिष्ठ मुटुरोग विशेषज्ञ,डा.राजेश कुमार शाह,वागमती प्रदेशबाट वरिष्ठ मुटुरोग विशेषज्ञ अवनिभुषण उपाध्याय,वरिष्ठ प्लाष्टिक सर्जन प्रा.डा. शंकरमान राई,वरिष्ठ प्याथोलोजिष्ट प्रा.डा.विदुर प्रसाद वस्ती,वागमती प्रदेशका स्वास्थ्य सचिव डा.सुमित्रा गौतम,वरिष्ठ मृगौला रोग विशेषज्ञ प्रा.डा.सुदीपराज केसी र वरिष्ठ फिजिसियन डा.गोविन्द कंडेल,रहनु भएको स्वास्थ्य दर्पण मीडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै गण्डकी प्रदेशबाट वरिष्ठ सर्जन प्रा.डा.नरेन्द्र विक्रम गुरुङ्ग,लुम्बिनी प्रदेशबाट वरिष्ठ चिकित्सक डा.लेखराज सुवेदी र वरिष्ठ मुटुरोग विशेषज्ञ डा.लक्ष्मण दुवे,कर्णाली प्रदेशबाट वरिष्ठ बालरोग विशेषज्ञ डा.नवराज केसी सम्मानित हुनु भएको हो ।
यस्तैगरी अमेरिकाबाट मेडिकल चिकित्सक तथा सामाजिक अभियान्ता डा.केशव पौडेल,स्वास्थ्यकर्मी विधाबाट प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका प्रमुख नारायण बहादुर कार्की,रोल्पाबाट तुलसाराना,मनाङ्गबाट विष्णुप्रसाद यादव,चितवनबाट छायांँ श्रेष्ठ,दार्चुलाबाट दानसिंह भण्डारी र सञ्चार क्षेत्रबाट नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार शालिक सुवेदीलाई सम्मान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
स्वास्थ्य संस्थातर्फ सम्मानित हुनेमा धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कास्की,नेपाल मधुमेही समाज काठमाडौं,भुम्लु गाउंँपालिका काभ्रेपलाञ्चोक रहेका छन ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति डा.यादवसहित विशिष्ट अतिथिमा वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपाल,नेपाल सरकारका स्वास्थ्य सचिव डा.विकास देवकोटा,चिकित्सक लगायतले मन्तब्य राख्नुभएको थियो ।
स्वास्थ्य दर्पणले हरेक वर्ष स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउनु हुने, चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था तथा पत्रकारलाई सम्मान गर्दै आएको छ ।
राजीन पनेरुले सञ्चालन गर्नुभएको अवार्ड कार्यक्रममा संस्थाका जनसम्पर्क सल्लाहकार अर्जुनकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने अर्का सल्लाहकार प्रा.डा.ऋषिकुमार काफ्लेले कार्यक्रममा समापन मन्तव्य राख्नुभएको हो।