कविता ः देशप्रेम - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

कविता ः देशप्रेम

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र १६ गते २०८२

हेमन्त पाठक

रगतको रङले रंगिएको धर्ती,
घामको उज्यालो, चन्द्रको शीतलता यहीँ।
पर्खालको ईँटामा होइन,
हाम्रो मुटुमा बस्छ– मातृभूमि।

हावा बग्दा सुगन्ध यो माटोको,
नदी बग्दा स्वर यो इतिहासको,
पर्वत जस्तै अटल रहौं,
देश प्रेमको ढाल बनेर।

स्वार्थ भन्दा माथि उठौं,
सपना भन्दा अगाडि देश राखौं,
जिन्दगीको मूल्य त यही हो,
आफ्नो जन्मभूमि– हाम्रो नेपाल।

पाठक पत्रकार एवम् समाजसेवी हुन ।

सम्वन्धित समाचारहरु